
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक २८ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनअुसार विधान मस्यौदा, कार्यविभाजन र अभियानको समिक्षा गर्न बैठक बोलाइएको हो ।
फागुनको पहिलो साता हुन लागेको विधान अधिवेशनका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य मस्यौदा समिति गठन गरेको थियो । समितिले मस्यौदा पार्टीलाई बुझाइसकेको छ ।














