
काठमाडौं । रुसी सेनामा कार्यरत प्युठानका अर्का एक युवकको ज्यान गएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको युक्रेन-रुस युद्धका क्रममा मृत्यु भएको हो । नेकपा (माओवादी केन्द्र) प्युठान नगरकमिटी सचिव समेत रहेका नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठले सामाजिक सञ्जालमार्फत सोनुको निधन भएकोबारे जानकारी दिएका हुन् ।
सुनारप्रति श्रदाञ्जली दिँदै उनले लेखेका छन्, ‘रसियन सेनामा आवद्ध प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबरले मर्माहत भएको छुँ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’ उद्यपी परराष्ट्र मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।














