Logo
Logo

रामबहादुर बम्जनलाई थुनामा पठाउन आदेश


882
Shares

काठमाडौं । आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले थुनामा पठाउने आदेश दिएको छ । बालयौन दुरुपयोग मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश विष्णु रेग्मीको इजलासले बयानपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मंगलबार साँझ हात्तीगौडास्थित निवासबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्