
काठमाडौं । जिल्ला अदालत सर्लाहीले आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई थुनामा पठाउने आदेश दिएको छ । बिहीबार न्यायाधीश विष्णु रेग्मीको इजलासले बालयौन दुरुपयोग मुद्दामा बयानपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मंगलबार साँझ हात्तीगौडास्थित निवासबाट पक्राउ गरेको हो ।
४ घण्टासम्म चलेको बहसमा बम्जनका तर्फबाट अधिवक्ताहरू डा कुन्साङ लामा, अजय तामाङ, दिलिप कुमार झा, महनिधि सेडाई र अमृत कुमार लामाले बहस गरेका थिए ।



















