Logo
Logo

भिजिट भिसालाई सहज र व्यवस्थित बनाउने सरकारको तयारी


1.7k
Shares

काठमाडौं । सरकारले भिजिट भिसालाई थप सहजीकरण र व्यवस्थित गर्ने तयारी गरेको छ ।

बिहीबार गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकमा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी भिजिट भिषालाई सहज र व्यवस्थित बनाउनेबारे छलफल भएको हो ।

बैठकले यसबारे छिट्टै नयाँ निर्णय गर्नु आवश्यक देखिएको भन्दै प्रधानमन्त्रीसँगको परामर्श एवम् निर्देशनपश्चात् अन्तिम निर्णय गर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा प्राप्त सुझाव सहित आवश्यक प्रस्तावको तयारी गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विभागलाई निर्देशन समेत गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्