Logo
Logo

ओलीले गठबन्धन ध्वस्त बनाउन खोजिरहेका छन्ः माधव नेपाल


1.2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सिध्याउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टीको नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को तेस्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीतिर संकेत गर्दै त्यस्तो बताएका हुन् ।

‘हामी देखिरहेका छौँ । हामी पहिले रहेका पार्टीका नेताले यो पार्टीलाई सिध्याउन खोजेका छन् । हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । अनि तिनीहरूको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्छ ?,’ उनले भने ।

पार्टीमा चुनौती रहेको बताउँदै उनले गठबन्धनमा निर्भर नरहेर आफ्नो शक्ति बलियो बनाउनुपर्ने पनि बताए । ‘गठबन्धनमाथि भरोसा गरेर उनीहरूले चुनावमा जिताइदेलान् भन्ने ठानेर चल्ने होइन । आफ्नो शक्ति बनाउने हो,’ उनले भने ।

साथै, उनले प्रतिगामी शक्तिले धावा बोलिरहेको र व्यवस्थाको पक्षमा उभिने शक्तिहरू शत्रु हुन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्