Logo
Logo

नागरिक उन्मुक्तिको उपाध्यक्षमा पण्डित सर्वसम्मत


819
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारी दर्ताको समयमा उपाध्यक्षमा पण्डितको मात्र उम्मेदवारी परेको हो । त्यस्तै कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी सर्वसम्मत भएका छन । पण्डित यस अघि पनि वरिष्ठ उपाध्यक्ष तथा पार्टी प्रवक्ता थिए ।

अध्यक्षमा रेशम चौधरी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको घोषणा भइसकेको छ । अन्य पदमा बढी उम्मेदवारी परेका कारण अहिले छलफल गरि सर्वसम्मतको प्रयास भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्