
काठमाडौं । राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएका छन् ।
उमेदवारी दर्ताको समयसम्म एकल उम्मेदवारी परेपछि हाल वरिष्ठ उपाध्यक्षसमेत रहेका मल्ल निर्विरोध निर्वाचित भएका हुन् । यद्यपी घोषणा भने हुन बाँकी छ ।
वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल र महिला उपाध्यक्षमा इन्दिरा पन्त निर्विरोध निर्वाचित भएका छन् ।














