धनगढी । नागरिक उन्मुक्ति पार्टीको महासचिवमा गंगााराम चौधरी निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका गंगाराम महासचिवमा चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।
कैलालीको टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा यसअघि महासचिव टुंगो नलाग्दै अध्यक्षसहित २४ पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए ।

तर, महासचिवमा गङ्गाराम चौधरी, लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री धर्म चौधरी, नेता ठाकुरसिंह थारुले दाबी गरेका थिए । अन्तिममा थारुले उम्मेदवारी फिर्ता लिए पनि भौतिक पूर्वाधार मन्त्री रहेका चौधरीले फिर्ता लिन मानेका थिएनन् । उनलाई अन्य जिम्मेवारी दिने सर्तमा महासचिवको जिम्मेवारी गङ्गाराम चौधरीलाई दिइएको पार्टीका अध्यक्ष रेशमलाल चौधरीले बताए ।














