काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति दुर्घटनामा परी १२ जनाको मृत्यु भएकोमा दुख प्रकट गरेका छन् ।

साथै, प्रचण्डले दुर्घटनामा मृत्यु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारका सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।
दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने २३ घाइते छन् ।














