Logo
Logo

दुर्गा पौडेललाई राष्ट्रियसभा सदस्य नियुक्त गर्न जनमोर्चाको प्रस्ताव


630
Shares

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले पार्टीका उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभाको महिला सदस्यमा नियुक्त गर्न प्रस्ताव गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो प्रस्ताव गरेका हुन् ।

अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र प्रवक्ता का. दुर्गा पौडेललाई राष्ट्रपतिद्वारा मनोनीत हुने राष्ट्रियसभाको महिला सदस्यका लागि प्रस्तावित गरेका छौँ । त्यो पद मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिद्वारा मनोनीत हुने पद भएकाले सरकार र राष्ट्रपतिद्वारा पनि उहाँलाई राष्ट्रिय सभामा नियुक्त गर्ने कुरामा जोड दिन्छौँ ।’

साथै जनमोर्चाले राष्ट्रियसभाको आगामी चुनावमा गठबन्धन पक्षधर सबै उम्मेदवारलाई विजय बनाउन मतदाताँग अपिल गरेको छ । जनमोर्चाका गण्डकी र लुम्बिनीका केही जिल्लाहरूमा मात्र मतदाताहरू छन् । आगामी फागुन २० गतेबाट राष्ट्रपतिबाट मनोनीत १ सहित राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदैछ । त्यसमध्ये १९ जनाको माघ ११ मा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्