काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यालय शिक्षामा नीजि लगानी बन्द गरिनुपर्ने जनाएको छ । आइबार संसदको शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफलमा आफ्नो धारणा राख्दै अनेरास्ववियु अध्यक्ष समिक बडालले शिक्षा क्षेत्रमा नीजि लगानी बन्द गरिनुपर्ने बताएका हुन् ।
नीजि लगानीका विद्यालय शैक्षिक गुठीमा जानुपर्ने भनिएकोमा यसले निजि विद्यालयथप खोल्न प्रोत्साहन गरेको उनले बताए । विद्यालय शिक्षामा नीजि लगानी बन्द हुनुपर्छ भन्ने सुझाव रहेको बताउँदै कम्पनी ऐन अनुसार दर्ता भएका नीजि विद्यालयहरू सार्वजनिक शैक्षिक गुठीमा जानुपर्ने ब्यवस्था लागु गर्नुपर्ने उनको भनाई छ । विधेयकको प्रस्तावनामै त्रृटी भेटिएको भन्दै उनले त्यसलाई संशोधन गरिनुपर्ने बताए ।

साथै, परीक्षाको सन्दर्भमा समेत विद्यार्थीको मस्तिष्कसँग जोड्नुपर्ने उनले बताए । सार्वजनिक क्षेत्रमा रहेकाहरूका छोराछोरीको हकमा अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था अनिवार्य रूपमा विधेयकमै राखिनुपर्ने अनेरास्ववियुको सुझाव रहेको छ ।