Logo
Logo

न्यायाधीशको पत्नीले गरे सर्वोच्च परिसरमा आत्मदाहको प्रयास


1.4k
Shares

काठमाडौं । न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेका छन् ।

आइतबार दिउँसो सर्वोच्च पुगेका ती महिलाले आफैंमाथि मट्टितेल छर्किएका हुन् । उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

ती महिलाले आफ्ना श्रीमान गिरीमाथि वैवाहिक बलत्कारको मुद्दा हालेका छन् । उनले गिरीलाई थुनामा राख्न माग राख्दै आएका छन् ।

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो ।

पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्