Logo
Logo

प्रचण्ड युगाण्डा जाँदै प्रधानमन्त्री


567
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगाण्डा जाने भएका छन् । यही माघ ५ र ६ गते हुने असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री युगान्डा जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीको स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल र परराष्ट्र मन्त्रालयका अधिकारीहरू रहेका छन् ।

प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई माघ ५ गते सम्बोधन गर्नेछन् भने अन्य देशका सरकार तथा राष्ट्र प्रमुखहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शिखर सम्मेलनअघि माघ ३ र ४ गते बस्ने मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री साउद सहभागी हुने कार्यक्रम रहेको छ । त्यसका लागि साउद माघ २ गते नै युगान्डा जाने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

असंलग्न आन्दोलन (नाम)का संस्थापक राष्ट्रहरू मध्य नेपाल पनि एक हो । नेपालको परराष्ट्र नीति पनि असंलग्नताको सिद्धान्तहरूमा आधारित छ । प्रधानमन्त्री प्रचण्ड माघ ७ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्