काठमाडौं । मेलम्चीको पानी आजदेखि काठमाडौँ उपत्यकामा पुनः वितरण सुरु भएको छ । आज सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको धारामा पानी पिएर खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका हुन् ।
अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।

सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिक रूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने आचार्यले बताए ।