Logo
Logo

एकीकृत समाजवादीले बोलायो सचिवालयको बैठक


567
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा महासचिव घनश्याम भुसालले सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको हो ।

पार्टीका सम्मानित नेता झालनाथ खनालका अनुसार राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । एकीकृत समाजवादीले जेठमा राष्ट्रिय महाधिवेशनको तयारी गर्दैछ ।

एकीकृत समाजवादीले माघ दोस्रो साता बोलाएको विधान अधिवेशनमा पेस गर्ने विधान संशोधन मस्यौदामाथि सुझाव संकलन गर्न मस्यौदाको ड्राफ्ट जिल्ला तहका कार्यकर्तालाई पठाइसकेको छ ।

माघमा हुने विधान सम्मेलनले पारित गरेको विधान मस्यौदा जेठ पहिलो साता हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गर्नेछ । आज बस्ने एकीकृत समाजवादीको सचिवालय बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनबारे समेत समीक्षा गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्