काठमाडौं । ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् । दोलखा घर भई इमाडोल बस्दै आएकी २८ वर्षीया न्युटन प्रधान इनारमा खसेको हो । अहिले उनको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आज बिहान लुगा सुकाउने क्रममा इनार छाप्ने स्लाब फुटेपछि उनी इनारभित्र खसेकी हुन् । अहिले उनको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । उद्धारका लागि सात दोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशी नेतृत्वको टोली खटिएको छ ।















