Logo
Logo

बक्यौता कर तिर्न महानगरले गोपीकृष्ण सिनेमा हललाई दियो ७ दिने अल्टिमेटम


1.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिलस्थित गोपीकृष्ण सिनेमा हललाई बक्यौता कर तिर्न ७ दिनको समय दिएको छ ।

महानगरले बुधबार नगर प्रहरीसहितको टोली पठाएर ७ दिनभित्र आर्थिक वर्ष २०७८/७९ देखि तिर्न बाँकी मनोरञ्जन कर, व्यवसाय कर, सम्पत्ति कर र अन्य कर तिर्न समय दिएको हो ।

काफ्लेका अनुसार हल सञ्चालकले अटेर गरे महानगरको आर्थिक ऐनअनुसार कारबाही गरिने छ । महानगरले बारम्बार सूचित गर्दा पनि हलले अटेर गर्दै आएको थियो । नगर प्रहरी निरीक्षक ईश्वरीप्रसाद वाग्लेसहित दुई गाडी नगर प्रहरी आज गोपीकृष्ण हलमै पुगेपछि हल व्यवस्थापनले प्रतिक्रिया जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्