Logo
Logo

प्रहरी प्रवक्ता बने डिआइजी भीमप्रसाद ढकाल


598
Shares

काठमाडौँ । प्रहरी महानिरीक्षकको सचिवालयले प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाललाई प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको छ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्न आजदेखि ढकाललाई प्रवक्ताको जिम्मेवारी दिइएको महानिरीक्षकको सचिवालयले जानकारी दिएको छ।

प्रहरी नायव महानिरीक्षक ढकाललाई ९८५१२–९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्