Logo
Logo

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण सफल


- दृष्टि न्युज/संवाददाता

630
Shares

काठमाडौं, २१ फागुन
प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण सफल भएको छ। बुधबार दिउँसो करिब पाँच घन्टा लगाएर शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको हो ।


प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिएकी हुन्। ट्रान्सप्लान्ट सर्जन प्रेम ज्ञवालीले मिर्गौला प्रत्यारोपण सकिएको जानकारी दिए। उनका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु गरेको छ।‘प्रधानमन्त्री ओलीमा प्रत्यारोपणको काम सकिएको छ,’ उनले भने, ‘प्रत्यारोपण गरेको १५ मिनेटपछि ५ सय एमएल पिसाब पास भएको छ।’
प्रधानमन्त्री ओलीको शरिरमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्