Logo
Logo

उर्जामन्त्रीको दावी- १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्न सक्छौँ


315
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने दावी गरेका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)ले गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्वपूर्ण अवसर बन्ने बताएका हुन् ।

उनले निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बढी बिजुली उत्पादन गर्न सक्ने दावी गरे । पछिल्लो डेढ वर्षको अवधिमा १ हजारभन्दा बढी मेगावाट बिजुली उत्पादनको अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

उनले भने, ‘पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्वपूर्ण अवसर बन्नेछ । यो उपलब्धिहरुले हाम्रा सामु नयाँ सम्भवाना र अवसर पनि सिर्जना गरेको छ । आगामी १२ वर्षमा हामीले २८ हजार सात सय मेगावाट बिजुली उत्पादन गर्न सक्छौँ ।’

प्रतिक्रिया दिनुहोस्