Logo
Logo

प्रधानमन्त्री ओलीलाई आईसियूमा सारियो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २१ फागुन
प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण सफल भएको छ । उनलाई आईसियूमा सारिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।


बुधबार दिउँसो करिब पाँच घन्टा लगाएर शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्रीसँगै उनलाई मिर्गाैला दिने भाञ्जी समिक्षालाई समेत पोष्ट अपरेसन आईसियूमा सारिएको छ ।
ट्रान्सप्लान्ट सर्जन प्रेम ज्ञवालीका अनुसार मिर्गौला प्रत्यारोपण भएको छ र प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु गरेको छ।प्रत्यारोपण गरेको १५ मिनेटपछि ५ सय एमएल पिसाब पास भएको छ।’ प्रधानमन्त्री ओलीको शरिरमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्