Logo
Logo

मृत भेटिए सशस्त्रका बक्सिङ खेलाडी निता गोसाई


7.3k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका सिपाहीसमेत रहेका बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेका छन् ।

२७ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए ।

गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए । गोसाईले आत्महत्या गरेको प्रहरीको अनुमान छ ।

गोसाईको केही समयपछि विवाह गर्ने तयारी थियो । गोसाईको आगामी फागुन २ गते विवाह हुँदै थियो।

प्रतिक्रिया दिनुहोस्