काठमाडौं, २२ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । ओलीले बिहीबार बिहान कालो चिया र पानी पिएको चिकित्सकले बताएका छन् ।

ओलीको दोस्रो पटक बुधबार मिर्गाैला प्रत्यारोपण गरिएको हो । उनलाई त्रिवि शिक्षण अस्पतालको पोष्ट अपरेशन वार्डमा राखिएको छ । अपरेसनपछि ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको र प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गरिरहेको चिकित्सकले बताएका छन् ।
उपचारमा संलग्न चिकित्सक डा प्रेम ज्ञवालीले सोमबारसम्म प्रधानमन्त्रीको डिस्चार्ज हुने सम्भावना रहेको बताए ।
भान्जी नाता पर्ने समिक्षा संग्रौलाले ओलीलाई मिर्गाैला दिएकी हुन् । उनको पनि स्वास्थ्य अवस्था राम्रो छ ।











