Logo
Logo

पर्यटनमन्त्रीद्वारा मर्मत भइरहेको ट्वीनेटर जहाजको निरीक्षण


882
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले १२ वर्ष अघिदेखि ग्राउन्डेड भइ मर्मत भइरहेको नेपाल वायुसेवा निगमको ट्वीनेटर जहाजको निरीक्षण गरेका छन् । 

बिहीबार त्रिभुवन विमानस्थल पुगेर मन्त्री किरातीले मर्मत भइरहेको तीन वटा ट्वीनेटर जहाज अवस्थाको निरीक्षण गरेका हुन् ।  लामो समय बिग्रिएर थन्किएको ट्वीनेटर मर्मत भएपछि दुर्गम क्षेत्रमा उडान भर्ने मन्त्री किरातीले जानकारी दिए । ट्वीनेटर मर्मत सकिएसंगै सञ्चालन हुन नसकेका विमानस्थलहरूलाई पनि सञ्चालनमा ल्याइने उनले बताए । 

त्यस्तै उनले प्राविधिक समस्या आएका कारण केही दिन ग्राउन्डेड भएर पुन सञ्चालनमा भएको निगमको वाइडबडी बिमानको पनि निरीक्षण गरे ।  वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि निगमको वाइडबडी बिमान केही दिन ग्राउन्डेड भएको थियो । 

मर्मत भएसँगै दुबई उड्न लागेको विमानको अवस्थाबारे मन्त्री किरातीले जानकारी लिए । उनले निरन्तर उड्ने विमानमा प्राविधिक समस्या देखिएपछि मर्मत गरि समस्या समाधान गरिएको बताए । त्यस्तै मन्त्री किरातीले विमानस्थलको अवस्थाबारे पनि जानकारी लिदै न्यूनतम स्रोत साधनको प्रयोग गरेर यात्रुमैत्री बनाउन खोजिएको र जसका कारण यात्रुहरूलाई सहज हुने बताए । 

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीले विगतको तुलनामा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूको संख्या ३० प्रतिशत बढेको र आन्तरिक यात्रुको पनि संख्या बढकाले पूर्वाधारको विस्तारमा ध्यान दिइएको जानकारी दिए । अन्तर्राष्ट्रिय टर्मिनलमा सुधारका काम भइरहेको भन्दै उनले आन्तरिक टर्मिनलको आवागमन कक्ष विस्तार भइरहेको बताए ।

त्यस्तै उनले विमानस्थलको पार्किङमा देखिएको समस्या पनि समाधान गर्ने गरी काम भइरहेको जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस्