Logo
Logo

कोशी र गण्डकीको पहाडी भू-भागमा हिमपातको सम्भावना


315
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको र तराईका अधिकांश भू-भागमा हुस्सु÷कुहिरो लागेको महाशाखाले जनाएको छ ।

आज शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने महाशाखाले बताएको छ । यस्तै, बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बुलेटिनमा उल्लेख छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्