काठमाडौं । शिव मन्दिर त्रीवेणी चोक सडकखण्ड निर्माणको लागि यहाँबाट निर्वाचित जनप्रतिनिधिले आश्वासन दिएको झण्डै दशक बितिसक्यो । चुनावका बेला आश्वासन मात्रै नभएर प्रतिबद्धता जाहेर गर्न पनि पछि नहट्ने तर अहिले आएर स्टिमेटसमेत संलग्न गरेर प्रतिवेदन दिँदा पनि चासो दिएका छैनन् ।
शिव मन्दिर त्रिवेणी चोकदेखि साल्मी डोलको पुल हुँदै राष्ट्रिय सहिद पार्क जगडोल जोड्ने मुख्य सडक हो । ‘यो सडक हजारौ मानिसको दैनिकिसँग प्रत्यक्ष रुपमा जोडिएको छ, तर समयमै निर्माण नभएका कारण हामिले दशकौं देखि सास्ति खेप्दै आएका छौँ’ एक स्थानियले गुनासो पोखे ।

खरिबोट सडक खण्ड काठमाडौँ महानगरपालिका वडा नं ६, बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र १२ साथै गोकर्णेश्वर नगरपालिका वडा नं ९ र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ र ४ को सिमानामा पर्दछ । यसका हिसाबले पनि यो सडकमा धेरै निकाय र जनप्रतिनिधि जोडिन्छन्। जनताको समस्यालाई समाधान गर्न प्रायस् समाजले एउटा या दुईवटा प्रतिनिधि पठाउछ तर यहाँको समाजले सांसद मात्रै सात जना पठाएको छ । यसरी जनप्रतिनिधिको जमात पठाउँदा पनि एउटा बाटोको अवस्था झन् झन् नाजुक हुँदै जान्छ भने ति कस्ता प्रतिनिधि परे भन्ने बुझ्न त्यति गाह्रो नपर्ला ।
जनप्रतिनिधिलाई गरेको विश्वास सम्झदै यस क्षेत्रको ढल निकास,सडक पेटि निर्माण, बर्षामा डुबानको समस्याबाट मुक्त हुनका लागि ०६३ साल देखि निरन्तर गगन थापा, सन्तोष चालिसे जस्ता व्यक्तिलाई आज जिताएपनि आश्वासन र झारो टार्ने कार्य बाहेक हामिले केहि पाउन नसकेको २०७९ चैत २० गते बसेको सर्वपक्षिय बैठकमा सहभागी स्थानियले बताएका छन् ।
‘सन्तोष चालिसे ज्युले २०७९ चैत २८ गते सम्ममा सडक निर्माणको कुल लागत सहितको स्टिमेट फाईल बनाएर गोकर्णेश्वर र बुढानिलकण्ठको सिफारिसमा मेरो सचिवालय ल्याउनु भयो भने म दश देखि बिस करोड सम्म बजेट जिम्मा लिन्छु भने तर अहिले सम्म काम भएन’ एक स्थानीयले गुनासो गरे ।
हुन पनि बिकास निर्माण ढिला सुस्तिको गतिलो नमूना यो भन्दा अर्को नहुन सक्छ । किनकि शिव मन्दिर त्रीवेणी चोक सडकखण्डको समस्यामा काठमाडौं महानगरपालिका, गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिका साथै संघका सांसद सन्तोष चालिसे, गगन थापा, अम्बिका बस्नेत, शान्ति श्रेष्ठ गरी चार जना र प्रदेश सांसद छिरिङ्ग दोर्जे लामा, जयराम थापा र मिना पराजुली गरी तिन र जम्मा सात जानाको जम्बो समुह छ । तर यि जनताबाट चुनिएका प्रतिनिधिहरुले जनताको समस्यालाई भोट माग्ने गतिलो भाडोको रुपमा प्रयोग गर्दै आएका छन् ।
‘प्रदेशका सांसदहरुले आर्थिक वर्ष २०८०र०८१ बजेटको १ करोड ७० लाख रकम सडक निर्माणमा लगाए पनि त्यसले खासै प्रभाव पार्न सकेन, हात्तिको मुखमा जिरो जस्तै भयो’समितिका एक सदस्यले बताए ।
शिव मन्दिर त्रीवेणी चोक सडकखण्डको अवस्था, समस्या र त्यस समस्यालाई समाधान गर्ने बजेट स्टिमेट फाईल सम्बन्धित निकाय र सबै प्रतिनिधिलाई पुगिसक्दा पनि आवश्यक पहल कदमि अझै सम्म हुन सकेको छैन। वर्षा याममा यो सडक कतिपय ठाउँमा खुल्ला ढलका कारण हिडि सक्नु हँुदैन । हिउँदमा निर्माण कार्यको नाम निसाना समेत छैन ।














