ओखलढुंगा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सत्ता गठबन्धनमा अझै केही दशक नटुट्ने दाबी बताएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशबाट गठबन्धनको उम्मेदवार रहेका सिटौलाले गठबन्धन लामो जाने दावी गरेका हुन्
पूर्वगृहमन्त्रीसमेत रहेका उनले स्थानीय तहका जनप्रतिनिधिसँग प्रत्यक्ष भेटेरै मत माग्ने क्रममा ओखलढुंगा आइपुगेका हुन् । नेता सिटौलाले जनताको लागि बनेको गठबन्धन २०८४ को निर्वाचनमा पनि कायमै रहने र यो केही दशक नटुट्ने बताए ।

‘यो गठबन्धन नेताका लागि होइन जनताका लागि बनेको हो’ उनले भने, ‘केपी ओलीबाट संविधानविपरीत भएका गतिविधिलाई निस्तेज गर्न बनेको गठबन्धन अर्को चुनावमा पनि रहन्छ । यो गठबन्धनको भविष्य छैन । आलोपालोमा कुरा मिल्दैन भनेर टिप्पणी गर्नेलाई म यहीँबाट जवाफ दिन चाहन्छु, हाम्रो सहयात्रा यो पाँच वर्ष होइन दशौँ वर्ष कायम रहन्छ ।’ अबका केही चुनावमा निरन्तर गठबन्धन हुने पनि उनले बताए ।














