Logo
Logo

कलाकारले दिए योगेश वैद्यप्रति अन्तिम श्रद्धाञ्जली



काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यलाई संगीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । बिहीबार राति नधन भएका वैद्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।

नेपाल संगीतकार संघले आयोजना गरेको श्रद्धाञ्जली सभामा दिवंगत वैद्यको शवमा पुष्पगुच्छा अर्पण गर्दै संगीतकर्मीले नेपाली संगीतमा वैद्यले पु¥याएको योगदानको स्मरण गरे । वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीतकारहरु चेतन सापकोटा, बसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायतले फूलमाला समर्पण गरेर वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

७७ वर्षीय गायक तथा संगीतकार वैद्यको बिहीबार राति काठमाडौंको सुन्धारास्थित भ्याली अस्पतालमा निधन भएको थियो ।
वैद्यका ‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायतका थुप्रै गीत लोकप्रिय छन् । वैद्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्