काठमाडौं, २२ फागुन ।
बलात्कार आरोपमा सत्तारुढ नेकपाका प्रदेश सांसद पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कलबहादुर रावल बुधबार पक्राउ परेका हुन्। उनलाई बिहीबार अदालतमा उपस्थित गराइएको छ ।
धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक विवाहित महिलाले आफूमाथि बलात्कार गरेको आरोप लगाउदै प्रहरीमा उजुरी दिएको एक सातापछि रावल पक्राउ परेका हुन्।

प्रदेशसभा सदस्य रावलकाविरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी परेको थियो। जाहेरीमा ती महिलाले प्रदेशसभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणी गरेको आरोप लगाएकी छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले जाहेरी परेपछि रावललाई पक्राउ गरेर अनुसन्धान तालिएको बताए । ‘सांसद रावल माथि उजुरी परेको थियो। खोजी सुरु गरेका थियौँ’, प्रहरी उपरीक्षक गिरिले भने ।
रावल पूर्वमाओवादी केन्द्रको तर्फ बाट अछाम क्षेत्र नम्बर २ को ‘क’ बाट निर्वा्चित नेकपाका सांसद हुन्। उनी प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक हुन्।
यसअघि नेकपाका नेता कृष्णबहादुर महरा सभामुख हुँदा बलात्कार मुद्दामा परेका थिए । पीडितले बयान फेरेपछि हाल उनी सफाई पाएर छुटिसकेका छन् ।











