Logo
Logo

वर्गीय अन्तर्विरोध छुट्टाउन आवस्यक छः झलनाथ खनाल


882
Shares

एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी आन्दोलनलाई बलियो बनाउन वर्गीय अन्तर्विरोध छुट्टाउन आवस्यक रहेको बताएका छन् । उनले राजनीतिक र वर्गिय अन्तर्विरोध किटान गरेर अगाडि बढ्न सकेमा मात्र बामपन्थीहरुले परिकल्पना गरेको समाजवाद भेट्याउन सकिने जिकिर गरे ।

वर्गीय अन्तर्विरोध, समाजिक अन्तर्विरोधको रूपमा देखिने बताउँदै उनले कांग्रेस, रास्वपा, राप्रपा, लोसपा दलाल पुँजीपतिको प्रतिनिधि पार्टी रहेको औँल्याए । नेपालको कम्युनिस्ट आन्दोलन, विगत, वर्तमान र भविष्य विषयमा शुक्रबार नगरकोटमा प्रशिक्षण दिँदै खनालले समाजलाई बदल्ने कुरा मुख्य भएको बताए ।

वर्गीय अन्तर्विरोध समाजवादी क्रान्तिभर रहने उनको भनाइ थियो । अन्तर्विरोध छुट्टाउन नसके आन्दोलन कमजोर हुने खनालको ठम्याइ छ । भूमिसुधार र कृषिक्रान्ति वामपन्थीले गर्नुपर्ने धारणा राख्दै त्यसैको जगमा समाजवादी क्रान्ति अगाडि बढाउनुपर्ने उनले जोड छ ।

द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण, वर्ग अडान, विश्लेषण गर्ने वैज्ञानिक पद्धतिको आधारमा माक्र्सवादलाई बुझ्नुपर्ने खनालको भनाइ थियो । माक्र्स र लेनिनलाई पढ्न तथा नेपाली समाजलाई बुझ्न उनले आग्रह गरे । केन्द्रीय स्कुल विभागले आयोजना गरेको प्रशिक्षण नगरकोटमा जारी छ ।

प्रतिक्रिया दिनुहोस्