Logo
Logo

सुर्खेतमा दुई यातायात व्यवसायीबिच झडप


1.8k
Shares

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा दुई यातायात व्यवसायीबिच झडप भएको छ । टिकट काट्ने विषयलाई लिएर दुई यातायात समूहका व्यक्तिबिच भएको झडपमा दुई जना घाइते भएका छन् ।

शनिवार बिहान भिजिट कर्णाली यातायातका व्यवसायीमाथि संयुक्त यातायातका व्यक्तिहरूले हातपात गरेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगरमा भर्खरै सञ्चालनमा आएको ‘भिजिट कर्णाली यातायात’ प्रालि र संयुक्त यातायात व्यवसायीहरूका बिचमा झडप भएको प्रहरीको भनाइ छ ।

भिजिट कर्णालीको टिकट काट्ने ठाउँ बसपार्क भन्दा केही अगाडि रहेको बुलबुले गेट नजिकै काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको उक्त प्रालिका अध्यक्ष प्रकाश शाहीले बताए । हातपातबाट भिजिट कर्णाली यातायातमा काम गर्ने दुई जना घाइते भएको र उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

दोस्रो पक्षले भने सिटी बसपार्कबाटै टिकट सञ्चालन गर्नुपर्ने बताएका छन् । तर भिजिट कर्णाली यातायातलाई भने वीरेन्द्रनगर नगरपालिकाले चलानी नम्बर २८९० का अनुसार अर्को निर्णय नहुँदासम्मलाई बसपार्क बाहिरैबाट सेवा सञ्चालन गर्ने अनुमति दिएको थियो । सोही अनुसार आफूहरूले बुलबुले गेट नजिकबाट सेवा सञ्चालन गरेको अध्यक्ष शाहीले बताए ।

कांक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले पनि बसपार्कभित्रबाट टिकट काट्नुपर्छ भन्ने विषयलाई लिएर विवाद भएको बताए । उनले बाहिरबाट मान्छे हाल्दा राम्रो हुँदैन कि भनेर भनिएको बताए । उनले चने, ‘यसै विषयमा सामान्य विवाद भएको हो ।’ उक्त घटनालाई लिएर बसपार्क वरपरको क्षेत्रमा ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्