Logo
Logo

सभामुख घिमिरेले विषयगत समितिका सभापतिसँग छलफल गर्दै


315
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुसँग संयुक्त छलफल गर्दैछन् । छलफल अहिले बिहान ११ बजे सभामुखको कार्यकक्षमा हुन लागेको हो ।

प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिहरु छन् । ती समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा सभामुख घिमिरेले छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले समितिमा रहेका विधेयकको अवस्था कस्तो छ र आगामी संसद अधिवेशनलाई कसरी विजनेस दिन सकिन्छ भन्ने विषयमा छलफल गर्न लागेका हुन् ।

सरकारले यही माघ तेस्रो साता संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । त्यसलाई प्रभावकारी बनाउने विषयमा सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्न लागेका हुन् ।

हाल प्रतिनिधिसभामा विद्युतीय व्यापार विधेयक, राष्ट्रिय मर्यादासँग सम्बन्धित विधेयक र सम्पती शुद्धीकरणसँग सम्बन्धित विधेयक गरेर ३ वटा मात्रै विधेयक अगाडि बढ्नसक्ने अवस्थामा रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्