Logo
Logo

प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुसँग सभामुखको छलफल


126
Shares

काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुसँग छलफल गरेको छन् । सभामुखले संसदलाई नयाँ ढंगले अगाडि बढाउन क्यालेन्डर बनाएर जाने विषयमा सभापतिहरुसँग छलफल गरेका हुन् ।

समितिका सभापतिसँगको छलफलपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।

उनका अनुसार संसद्लाई नयाँ कार्यदिशा अनुसार अगाडि बढाउन क्यालेन्डर बनाएर जाँदा कतिको उपयुक्त हुन्छ ? र सबै पार्टीका प्रमुख सचेतकहरूसँग बसेर छलफल गर्न सकिन्छ र सजिलो पनि हुन्थ्यो भन्नेबारे सभामुखसँग छलफल भएको थियो । बैठकमा सभामुखले समितिमा रहेको विधेयकहरुमा पनि चासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्