काठमाडौं । आईसीसी यू- १९ खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । दक्षिण अफ्रिकामा भइरहेको खेलमा अहिले नेपालले न्युजिल्यान्डसँग खेलिरहेको छ ।
न्युजिल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गरिरहेका छ । यो समाचार तयार पार्दसम्म नेपालले न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ ।

१९ ओभरमा ३ विकेट गुमाएर ८५ रन बनाएको छ । नेपाललाई स्पिनर सुवास भण्डारीले पहिलो सफलता दिलाए । उनले लुक वाट्सनको विकेट लिए । यस्तै तिलक भण्डारीले टम जोन्स र दिपेश कँडेलले ओलिभर तेवतियाको विकेट लिए ।
यसअघि नेपाल र न्युजिल्यान्डबीच २ पटक भेट हुँदा दुवै खेल नेपालले जितेको थियो । नेपालले न्युजिल्यान्डलाई सन् २००६ मा ३२ रन र सन् २००६ मा १ विकेटले हराएको थियो ।
नेपाल रहेको समूह ‘डी’ न्युजिल्यान्डसँगै अफगानिस्तान र पाकिस्तान छन् । अब नेपालले दोस्रो खेलमा पाकिस्तानसँग १० गते र अन्तिम खेलमा १२ गते अफगानिस्तानसँग खेल्नेछ ।
प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली सहभागी छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।