Logo
Logo

तापसी पन्नुको फिटनेस टिप्स



भारतीय सञ्चारमाध्यमका अनुसार तापसी पन्नु बलिउडकी सबैभन्दा बहुमुखी कलाकारहरू मध्ये एक हुन् । अभिनयसंगै उनी आफ्नो फिटनेसको लागि पनि उत्तिकै चर्चित छन् । उनी आफ्नो दिनको सुरुवात प्राणायम र सुर्य नमस्कार गरेर गर्छन् । उनको दिन विभिन्न प्रकारका व्यायामहरूका साथै स्वस्थ खानेकुरा खाएर बित्छ ।

बिदाको समयमा पनि उनी दौडिने, कसरत गर्ने या पौडी खेल्ने गरीरहन्छन् । सुटिङ नभएसम्म सातदेखि नौ घण्टा सुत्ने प्रयास गर्छन् । उनी जहाँ भएपनि मुनमुन गनेरीवालले सिकाएको गहिरो सास फेर्ने अभ्यास गर्छन् ।

पन्नु दिनहुँ जिम जान्छन् । उनी हप्तामा छ दिन एक घण्टा वर्कआउट गर्छन् । हरेक दिन उनी शरीरको एक निश्चित अंगमा ध्यान केन्द्रित गर्छन् । उनले लकडाउनको समयमा सबै जिम बन्द भएको बेला समेत खुल्ला चौरमा वर्कआउट गरेका थिए । तापसी सामान्यतया घरमा पकाएको खाना खान रुचाउँछन् ।

उनी बिहानको ब्रेकफास्टमा मौसमी तरकारीले भरिएको अण्डा वा रोटी खान्छन् । दिउँसो र बेलुकाको खानामा, उनी तरकारी र दालसँग भात वा रोटी खान मन पराउछन् । उनी दिउँसो बटरमिल्क, फलफुल र नट पनि खान्छन् ।

उनी कार्ब्स र प्रोटिनको राम्रो मिश्रण भएको खिचडी समेत खाने गर्छिन्। उनी धेरै चर्चित भएका खानेकुरा भन्दा पोषणयुक्त र स्वस्थ खानेकुरामा जोड दिन्छन् । उनी आफू पनि धेरै पानी पिउने गर्छन् र सबैलाई पर्याप्त मात्रामा पानी पिउन सल्लाह दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्