Logo
Logo

पक्राउ गर्न आएका प्रहरीमाथि नै चक्कु प्रहार



दार्चुला । दार्चुलामा एक युवकले प्रहरीमाथि नै चक्कु प्रहार गरेका छन् ।

जिल्लाको महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुवरले प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा र घाँटीमा चोट लागेको छ । उमेशले श्रीमती धनिशालाई कुटपिट गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएएका थिए ।

जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणमा लिन सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि चक्कु आक्रमण भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार चक्कु प्रहार गरेर कुँवर फरार भएका छन् । उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्