दाङ । बर्दियादेखि काठमाडौं जाँदै गरेको रात्री बस दाङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दाङको लमही नगरपालिका–९ स्थित रिहार प्रहरी चौकी नजिक पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३–०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना भएको दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए । उनका अनुसार दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्य भएको हो ।
दुर्घटनामा परी बर्दियाको गे?वा गाउँपालिकाका–१ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको डिएसपी मल्ले बताए । उनका अनुसार सडकको भित्तामा बस ठोक्किँदा च्यापिए उनीह?को मृत्यु भएको हो ।
चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनामा चालक मात्रै घाइत छन् । बसमा सवार अन्य यात्रु सबै सकुशल रहेको प्रहरीले जनाएको छ । मृतक दुबै जनाको पोष्टमर्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ । घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।














