Logo
Logo

भारतीय राजदूत क्वात्राले बुझाए ओहोदाको प्रमाणपत्र


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २२ फागुन ।
नेपालका लागि नव निवयसक्त भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् । बिहीबार शीतलनिवासमा आयोजित कार्यक्रममा उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।


क्वात्रा कार्यभार सम्हाल्न आइतबार आइपुगेका थिए । ३० वर्ष भारतीय विदेश सेवामा कार्यरत क्वात्राले यसअघि फ्रान्सको राजदूत भएर काम गरिसकेका छन् । दुई महिनाअघि भारतीय राजदूत मञ्जिवसिंह पुरी दुई वर्षको कार्यकाल सकेर फर्केपछि नेपालमा २५ औं भारतीय राजदूतका रुपमा उनी ेनपाल आएका हुन् ।

सन् १९८८ मा भारतीय विदेश सेवामा प्रवेश गरेका क्वात्राले १९९३ सम्म जेनेभास्थित पर्मानेन्ट मिसन अफ इन्डियामा अधिकृत भएर काम गरेका थिए । उनले त्यहीँ संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगअन्तर्गत विशेष एजेन्सीसँग सम्बन्धित काम पनि गरेका थिए । यही अवधिमा जेनेभाको स्कुल अफ इन्टरनेसनल स्टडिजबाट अन्तर्रा्ष्ट्रिय सम्बन्धमा डिप्लोमा कोर्स पूरा गरे । १९९३ देखि २००३ सम्म राष्ट्रसंघको हेडक्वार्टरमा डेस्क अफिसर भएर काम गरेका क्वात्राले दक्षिण अफ्रिका र उज्वेकिस्तानमा डिप्लोम्याटिक मिसनमा जिम्मेवारी पूरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्