Logo
Logo

जनतासँग सम्बन्ध प्रगाढ बनाउँदै सशस्त्र प्रहरी, द्रुत प्रभाव परियोजना सुरु 



काठमाडौं । जनतासँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले सशस्त्र प्रहरीले बलले द्रुत प्रभाव परियोजना (क्वीक इम्प्याक्ट पोजेक्ट) सुरु गरेको छ । 

२३औं सशस्त्र प्रहरी दिवसको पूर्वसान्ध्यमा सशस्त्र प्रहरी बल, नेपालको पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौं तथा मातहत गण/गुल्महरूको संयुक्त सहभागिता उक्त परियोजनाको सुरुवात गरिएको हो ।

यस वर्षबाट सशस्त्र प्रहरी र जनताबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ तथा बिस्तार गर्ने उद्देश्य उक्त परियोजनाको सुरुवात गरेको सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पुरुषोत्तम थापाले जानकारी दिए । 

उक्त परियोजनाको सुरुवात गर्दै पशुपतिनाथ वाहिनी अन्तर्गतका सशस्त्र प्रहरीले पशुपतिनाथ मन्दिर परिसरको जिर्णेद्धार मर्मतसंभार गर्नुको अशक्त भक्तजनको सहजताको लागि ह्वील चियर हस्तान्तरण गरेको छ ।

डीआईजी थापाले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार क्षेत्रीलाई दर्शनार्थीको सहजताका लागि निःशुल्क प्रयोग गर्न मिल्ने चार वटा ह्विल हस्तान्तरण गरेका हुन् । 

उक्त अवसरमा बाहिनी अन्तर्गतका गणपतिहरू, गुल्मपतिहरु, कोषका पदाधिकारीहरू, सम्बन्धित वडाका वडाध्यक्ष, प्रहरी प्रतिनिधिहरू, सशस्त्र प्रहरी कर्मचारीहरू तथा भक्तजनहरूको समेत उपस्थिति रहेको थियो । 

त्यसैगरी पोजेक्ट अन्तर्गत गोलढुङ्गास्थित रुद्रमती क्रियापुत्री धाममा पितृ कार्य गर्ने व्यक्तिहरूको सहजताको लागि ‘अमर प्रहरी’ प्रहरी निरीक्षक ध्रुव दुलाल स्मृति स्नानगृह निर्माण गरिएको छ । 

उक्त संरचना बाहिनीपति डीआईजी थापाद्वारा क्रियापुत्री धाम संचालक समितिका अध्यक्ष नवराज चापागाईँलाई हस्तान्तरण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्