Logo
Logo

सहकारीको कुनै रकम लिएको छैनः रवि लामिछाने


882
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले ग्यालेक्सी टेलिभिजनको जागिर छाड्दा कुनै किसिमको सहकारीको पैसा नलिएको बताएका छन् । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

सञ्चार माध्याममा आएजस्तो आफ्नो खातामा १ करोड ८० लाख जम्मा भएको कुरा झुटो भएको समेत उनले दाबी गरे ।
‘मेरो खातामा पैसा आएको छैन कसैले केही समयका लागि खातामा पैसा हालिदियो स्लिपसँग मेरो कुनै लेनादेना छैन’ उनले भने ।

ग्यालेक्सी टेलिभिजनको जागिर छाडेर निस्किँदा १५ प्रतिशत शेयरको नाममा उनले १ करोड ८० लाख आफ्नो निजी खातामा सारेको विषय बाहिरिएको थियो ।

सहकारी र लघुवित्तले जनतालाई दुःख दिएको र यसलाई समाधान गर्नुपर्नेमा आफ्नो पार्टी दृढ रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्