Logo
Logo

गोठालो जेठा मिलनको निबन्ध संग्रह ‘सम्झनाको सन्दुक’ सार्वजनिक



काठमाडौं । गोठालो जेठा मिलनको पहिलो कृति निबन्ध संग्रह ‘सम्झनाको सन्दुक’ सार्वजनिक भएको छ ।

लन्डन बस्दै आएका गोठालो जेठा मिलनको निबन्ध संग्रह सोमबार एक समारोहबिच गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमोचन गरेका हुन् ।

ताप्लेजुङमा जन्मेर मोरङको पथरीमा हुर्केका गोठालो जेठा मिलन सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न व्यक्ति हुन् । यसअघि गीतकारका रुपमा कलम चलाउँदै आएका उनले यसपटक निबन्ध संग्रह प्रकाशित गरेका हुन् ।

सम्झनाको सन्दुकलाई आत्मपरक निबन्ध भनेका उनले पुस्तकको अन्तिम पृष्टमा लेखेका छन्– ‘सम्झनाको सन्दुक खोली हेर्दा भेटिन्छ, जीवनका रोमाञ्चकारी उकाली ओराली र मोडहरू । भेटिन्छ तपस्याजस्तो प्रेम… आफ्नो पहिचानको लागि राज्यसँग लडिरहेको युवा भेटिन्छ । सिंगै जीवन भेटिन्छ ।’

शिखा बुक्सले प्रकाशन गरेको ‘सम्झनाको सन्दुक’को मूल्य ४७५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्