Logo
Logo

दृष्टि समाचार प्रभावः विवादास्पद अधिवक्ता कोइराला आयोगबाट हटाइए


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, २३ फागुन ।
बालुवाटार जग्गा हिनामिनामा शंकास्पद भूमिका खेल्ने अधिवक्ता युवराज कोइरालामाथि सरकारले छानबिन थालेको छ । उनलाई सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगबाट हटाएको छ । उनी आयोगमा कानूनी सल्लाहकार थिए ।


सार्वजनिक जग्गा जोगाउने नाममा उनले भूमाफिया गिरोससँग बार्गेनिङ गर्दै आएका थिए । बालुवाटारको जग्गामा पनि उनको दोहोरो भूमिका थियो । एकातर्फ राणा परिवारसँग चार रोपनी जग्गा लिएका थिए । पछि अरु वकिलहरु त्यो प्रकरणमा लागेपछि उनले विभिन्न निकायमा उजुरी गरेका थिए । उनलाई कीर्ते मुद्दामा भक्तपुर जिल्ला अदालतले समेत दोषी ठहर गरेको छ ।

दृष्टि साप्ताहिकले गत साता उनको बारेमा समाचार प्रकाशित गरेको थियो । सोही आधारमा उनलाई राजिनामा गर्न लगाइएको स्रोत बताउँछ ।

यस्तो थियो समाचारः

बालुवाटार जग्गा प्रकरणका भित्री पात्र

प्रतिक्रिया दिनुहोस्