
काठमाडौं । बालबच्चाले निक्कै रुचाएर खाने रंगीन कटन क्यान्डी तयार गर्दा अखाद्यय वस्तुको मिसावट गर्ने गरेको पाईएको छ । काठमाडौंका विभिन्न स्थानमा रंगीन कटन क्यान्टठी बिक्री–वितरण भइरहेको छ । सडकपेटी, बजार, मेलालगायतका स्थानहरूमा खुला रूपमा बिक्री–वितरण भइरहेको रंगीन कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने अखाद्य रङ रोडामाइन बीको प्रयोग भएको पाइएको हो ।
चिकित्सकका अनुसार रोडामाइन बी शरीरमा प्रवेश गर्दा कोशिका र तन्तुहरूमा अक्सिडेटिभ तनाव उत्पन्न हुने भएकाले मानव शरीरका लागि विषाक्त छ । इन्टरनल मेडिसिन डा. नवीन रौनियारले लामो समयसम्म रोडामिन बीको प्रयोगले छाला, कलेजोमा समस्या वा क्यान्सरसम्मको गम्भीर समस्या निम्त्याउने बताए ।
उनले मानव शरीरमा गम्भीर असर पु¥याउने रोडामाइन बी बालबालिकाले खान मन पराएपनि त्यो स्वास्थ्यका लागि अत्यन्त घातक हुने बताए । रौनियारले रंगीन कटन क्यान्डी खान नदिएर बालबालिकाको स्वास्थ्यलाई जोगाउन अनुरोध गरेकन छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला जाँच विश्लेषणले समेत क्यान्डीमा विषाक्त वस्तु प्रयोग भएको उल्लेख गरेको छ ।
विभागबाट अनुज्ञापत्र प्राप्त गरी लेवल लगाएकाबाहेक खुला रूपमा बिक्री–वितरण गरिएको पाइएमा खाद्य ऐन नियमबमोजिम कारबाही हुनेसमेत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
रंगीन कटन क्यान्डी’मा प्रयोग गरेको पाइएको रोडामाइन बी औद्योगिक उद्देश्यले कपडा, कागज आदिमा रङको रूपमा प्रिन्टिङमा प्रयोग गरिन्छ । यसले जनावर तथा मानव शरीरमा विभिन्न गम्भीर असर पु¥याउने भएकाले खाद्य वस्तुमा प्रयोग गर्न बन्देज लगाइएको छ ।
डा रौनियारले रोडामाइन बी मानव शरीरमा तीव्र र गम्भीर क्षति निम्त्याउन सक्ने भएकाले अन्य काममा प्रयोग गर्दा वा भण्डारण गर्दासमेत उच्च सतर्कता अपनाउन सुझाव दिए ।
यसको सम्पर्कमा आइसकेपछि तुरुन्तै विष उपचार केन्द्र वा सम्बन्धित चिकित्सकको सल्लाह लिनपनि उनको आग्रह छ । खानाको माध्यमबाट यस्ता पदार्थ प्रयोग हुँदा झन् समस्या निम्तिन सक्ने भएकाले सचेत हुन आवश्यक रहेको उनको तर्क छ ।
मानव शरीरमा मात्र नभई रोडामाइन बी अन्य जनावर, बोटविरुवा र वातावरणका लागि समेत घातक मानिएको छ ।