Logo
Logo

तीन असईसहित २४ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन


567
Shares

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पोष्टमा कार्यरत आफ्ना २४ जना कर्मचारीलाई सम्पर्कविहीन भएको भन्दै हाजिर हुन आग्रह गरेको छ । लामो समयदेखि हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचजा जारी गर्दै सम्पर्कमा आउन ताकेता गरेको हो ।

सम्पर्कविहीन हुनेहरूमा तीनजना सहायक निरीक्षक (असइ), २ जना सहायक हवल्दार र बाँकी जवान रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले हाजिरी हुन ताकेता गरेकाहरू भदौदेखि नै सम्पर्कमा नरहेको जनाइएको छ ।

सल्यानका विनोद बिक गत भदौ २४ गतेदेखि नै हाजिरी भएका छैनन् । गैरहाजिर भएका २४ जनालाई सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनिएको छ । यो अवधिमा नआए सेवाबाट हटाउने प्रक्रिया सुरु हुने प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्