Logo
Logo

वर्षाका कारण नेपाल र सिंगापुरबीच खेल रद्द


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ फागुन । एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिंगापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ । थाइल्याण्डको बैंककमा शुक्रबार आज उक्त खेल वर्षाले गर्दा मैदान खेल्न योग्य नभएपछि रद्द हुन पुगेको बताइएको छ ।
खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् । सिंगापुर सात अंकसहित शीर्ष स्थानमा कायम रही एशिया कप छनोटका लागि स्थान बनाएको छ ।
प्रतियोगिताको शीर्ष दुई टोलीले एशिया कप छनोट खेल्न पाउने प्रावधान छ । हङकङ र मलेसियाबीच हुने अर्को खेलको विजेता टोलीले एशिया कप छनोटका लागि स्थान बनाउने छ । नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्