Logo
Logo

कोरोना त्रास : सम्पूर्ण खेलकूदका कार्यक्रम स्थगित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ फागुन । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलँदोक्रमा रहेको त्यसप्रति सजग रहन खेलकूदका कार्यक्रम स्थगिथ गरिएको हो ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले कोरोना भाइरसले पार्ने प्रभाव र जोखिमलाई न्यूनीकरण गर्न राखेपले खेल कार्यक्रम स्थगित गर्ने निर्णय गर्नपरेको बताए । सुरु नभएका खेलकूद प्रतियोगिता तथा कार्यक्रम रोक्न सम्बन्धित खेलकूद संघसंस्था तथा सरोकारवाला निकायलाई अनुरोध गरिएका उनले बताए ।
हाल सञ्चालन भइरहेका कार्यक्रम निर्धारित तालिकाअनुसार नै सम्पन्न हुने जनाइएको छ । दर्शकको भीड रहने भएकाले खेलूदका कार्यक्रम अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गर्नुपरेको राखेपले जनाएको छ ।
मन्त्री विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको प्रभाव र जोखिमलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्