Logo
Logo

यू–१९ विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै


567
Shares

कामाडौं । आइसिसी यू–१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा दिउँसो पौने २ बजे सुरु खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको थियो । पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।

नेपाल र पाकिस्तानको युवा टिमबीच दुई महिनामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि गत मंसिरमा भएको एसिया कपमा नेपालमाथि पाकिस्तानले उत्कृष्ट जित निकालेको थियो । यू–१९ विश्वकपमा नेपाल र पाकिस्तानबीच यो तेस्रो प्रतिस्पर्धा हो । यसअघिका दुई प्रतिस्पर्धामा नेपालले एक खेलमा जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्