Logo
Logo

प्रधानमन्त्री कपः लुम्बिनीमाथि एपीएफको जित


630
Shares

काठमाडौं । प्रधानमन्त्री कपमा एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।

जितको लागि १३४ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले २२ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको जितमा कप्तान रोहित पौडेलले ४८ बलमा ४ चौका र १ छक्कासहित ५२ रनको योगदान दिए ।

पुरन बिक ५७ बलमा २ चौका र १ छक्कासहित ३३ र अमर राउटेला ८ रनमा नट आउट रहे । लोकेश बम १६ र प्रज्वल शाहीले ५ रनमा आउट भए । लुम्बिनीका मोहम्मद हुसेन, कृष्ण कार्की र इखलाख अहमदले १÷१ विकेट लिए ।

त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनी ४१ ओभरमा १३३ रनमा अल आउट भएको थियो ।
लुम्बिनीका दिलसाद अलीले ४२ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाएका थिए । ओपनर मिर्नल गुरुङले ८८ बलमा ३ चौकासहित ३४ रन जोडे ।

विराट भण्डारी ५१ बलमा ४ चौकासहित २३ रनमा आउट भए । प्रज्जवल थापा ११, मोहम्मद हुसेन ३, कृष्ण कार्की १, शुसान्त थापा २ रनमा आउट भए ।

एपीएफका स्पिनर रमेश कुर्मीले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ५ विकेट लिए । अर्का स्पिनर भुवन कार्कीले ९ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । रोहित पौडेल र श्याम ढकालले १–१ विकेट लिए ।

एपीएफ ६ खेलमा समान ३ मा जित र हारका साथ छैटौं स्थानमा छ । लुम्बिनी ५ खेलमा १ मा जित र ४ मा हारसहित नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्