Logo
Logo

मिर्गाैला प्रत्यारोपणको तेस्रो दिन नै हिँडडुल गर्न थाले प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २३ फागुन ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएयता तरल आहार मात्र लिइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि ठोस आहार लिन र हिँडडुल गर्नसमेत थालेका छन् ।


प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्थाबारे जानकारी गराउन त्रिवि शिक्षणअस्पताल महाराजगन्ज परिसरमा आयोजित बुलेटिनमार्फत कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले यसबारे जानकारी दिएका हुन् ।

उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार ओलीका भाइटल’ तथा ल्याब सूचकहरु सबै सामान्य अवस्थामा छन् । यसैगरी ओलीलाई मिर्गौला प्रदान गर्ने भाञ्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामामा पनि क्रमिक सुधार आएको अस्पतालले उल्लेख गरेको छ।

शुक्रबार अपराह्न जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यूकी मिर्गौला दाता समीक्षा संग्रौलाजीको स्वास्थ्यस्थितिमा क्रमिक सुधार भएको छ । उहाँलाई पनि ठोस आहार दिन थालिएको छ ।’सोमबारसम्म ओलीलाई डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।
ओलीलाई मिर्गाैला दिने समिक्षा संग्रौलाको स्वास्थ्यमा पनि सुधार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्